• एकको लागि सबै र सबैको लागि एक

  • तपाईको विश्वास हाम्रो हात, उन्नती गरौ एकै साथ

  • बचतले उमंग ल्याउँछ ।

  • गाँऊ–गाँऊमा सहकारी घर–घरमा रोजगारी

  • स्वास्थ्य,शिक्षा र सहकारी व्यवसाय, समृद्धि र रोजगारी

  • बचत गरौं जीवन सपारौं

  • बचत ऋण हाम्रो अभियानः हाम्रो भविष्य

  • Co-operative Enterprises build a better world

  • दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी

Jeevan Chalaune

Chairman

अध्यक्षको सन्देश

सहकारीको प्रार्दुभाव सन् १८४४ अगष्ट १५ बेलायतको कपडामा कामगर्ने मजदुहरुले १–१ पाउण्ड उठाएर २८ पाउण्डबाट रोचडेल पाइनियर को अपरेटिभको जन्म भएको हो । नेपालमा सहकारीको औपचारिक विकासक्रम २०१० सालमा चितवनको राप्तीदुनमा बाढी पहिरोमा परेका जनताहरुलाई कृषि विऊ, मल र खाध्यन राहत स्वरुप दिने ब्यवस्था बनाउदा विक्रम सम्वत् २०१३ साल चैत्र २० गतेबाट आधिकारिक दर्ता भएर नेपालको आधुनिक सहकारीको विकास भएको हो । यस यूनिफाईड बचत तथा ऋण सहकारी संस्था लि. मिति २०६७ साल पौष २१ गते विधिबत रुपमा नेपाल सरकार सहकारी विभाग डिभिजन सहकारी कार्यालय बिजुलिबजारबाट दर्ता नं. ३९०५ रहि बित्तीय कारोबार गर्न ईजाजत प्राप्त वित्तीय संस्था हो । सहकारी मुल्य,मान्यता र सिद्धान्त अनुरुप देशका कृषक,कालिगढ, न्यूनआय समुह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पूँजी, प्रविधी तथा प्रतिभालाई स्वाबलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नयन गर्न समुदायमा आधारित सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित संस्थाको रुपमा बिकास गरि सदस्यहरुलाई आत्मानिर्भर , स्वरोजगारी र ईमान्दार कर्मठ व्यवसायी एवं उद्धमी बनाउने उद्धेश्यले यस संस्थाको जन्म भएको हो । शेयर सदस्य महानुभावहरुको सन्तुष्टि नै यस संस्थाको सन्तुष्टि एवं सफलता हो भन्ने मुल नारालाई अघि सार्दै हाल प्रधान कार्याल का.म.न.पा. वडा नं.–१६ नयाँबजार, सेवाकेन्द्र कुलेश्वर वडा नंं.–१४ र सेवाकेन्द्र विशालबजार शुक्रपथ वडा नंं.–२४ काठमाण्डौबाट सेवा दिदै आएका छौं । दैनिक कारोवार संचालन गर्न तथा संचालक समितिले तोकेको निति तथा कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यन्वयन गर्न संचालक समितिबाट कार्यकारी पदाधिकारी तथा दक्ष एवं अनुभवी कर्मचारीहरुको नियूक्ती गरि छिटो, छरितो तथा सरल ढंगले वित्तीय सेवाहरु प्रवाह गर्नका लागि तथा दैनिक रुपमा हुने कारोबारलाई व्यवस्थित ढंगले लेखाङ्कन गर्न संस्थालाई पूर्ण रुपमा कम्प्युटराइज गरिएको छ । यसको साथै सदस्यसंगको बित्तीय कारोबारलाई विश्वसनीय तथा ब्यवस्थितगर्नको लागी बैकिङ्ग सफ्टवेयर जडान गरिएको छ । सिमित श्रोत र साधनको अधिकतम उपयोग गरी संस्थाले आफनो निर्दिष्ट उद्धे्रश्यका साथ कार्य गर्दै आईरहेको छ । कम खर्च गरी अत्याधिक नाफा आर्जनका अतिरित्त सदस्यहरुको सेवाग्राही भएर कार्य गर्ने यस संस्थाको लक्ष्य हो ।

Our Board Members

People Behind Our Success

Jeevan Chalaune

Chairman

Jogendra Agrawal (Pintu)

Vice Chairman

Hari Bahadur Pudasini

Secretary

Tanka Prasad Timilsina

Treasure

Nabin Krishna Shrestha

Member

Mindu Sherpa

Member

Hari Om Shrestha

member

Dan Bahadur Bogati (D.B Bogati)

Member

We are one of the Leading Finance company in Nepal

Start Investing in Your Future with Us

Sister Companies