About Us

परिचय (Introduction)

नेपाल सरकार सहकारी ऐन् २०४८ सहकारी नियमावली २०४९ अन्र्तगत स्थापना भएको यस यूनिफाईड बचत तथा ऋण सहकारी संस्था लि. प्रधान कार्यालय का.म.न.पा. वडा नं.–१६, नयाँबजार, सेवा केन्द्र कुलेश्वर–१४ र सेवा केन्द्र विशालबजार शुक्रपथ वडा नं.–२४ काठमाण्डौंमा अवस्थित रहेको छ । “एकको लागि सबै र सबैको लागि एक” भन्ने सहकारीको शास्वत भावनालाई आत्मासाथ गर्दै नेपाल सरकारबाट वित्तीय कारोवार गर्न ईजाजत प्राप्त वित्तीय संस्था हो । यस संस्थामा स्थानिय प्रतिष्ठित तथा प्रबुद्ध व्यवसायिहरुको संस्थापक शेयर सहभागितामा संचालन भएको यस संस्थाको उच्च व्यवस्थापन तहमा व्यवसायी उद्धमीवर्ग तथा वित्तीय संस्थामा लामो समयको कार्य अनुभव हासिल गरि सकेका व्यक्तिहरु हुनुहुन्छ । ब्यक्ति र समुदायमाझ रहेको निस्कृय पूँजीलाई प्रतिश्पर्धात्मक बित्तीय बजारमा स्वस्थ प्रतिस्पर्धाबाट आकर्षण ब्याज प्रदान गरी शेयर सदस्यहरुलाई समय सुहाउदो उचित ब्याजदरमा छिटो छरितो तथा सरल शुलभ र सहज ढंगबाट कर्जा प्रवाह गरी स्वरोजगार, आत्मानिर्भर बन्न उत्प्रेरक गर्ने र सक्षम व्यवसायी बनाउनुका साथै आफै केहि गरौ भन्ने भावना जागृत गरि थोरै भएपनी देशको अर्थतन्त्रमा टेवा पु–याउनेगरी असल र सक्षम नागरिक बनाउने उद्धेश्यका साथ शेयर सदस्यहरुलाई सवल, सक्षम एंवम आत्मनिर्भर व्यवसायी संस्थाको हिस्सेदारको रुपमा स्थापित गर्दै लैजाने रहेको छ ।

 

उद्धेश्य (Objective)

सहकारी मुल्य,मान्यता र सिद्धान्त अनुरुप देशका कृषक,कालिगढ,श्रमिक, न्यून आय समुह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पूँजी प्रविधी तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नयन गर्न समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वाशासित संस्थाको रुपमा समाजमा विधमान गरिबी, पछौटेपन तथा बेरोजगारी जस्ता सामाजिक समस्याहरुलाई निस्क्रिय गर्ने तथा छरिएर रहेको पँुजीको संकलन गर्दै उक्त पूँजी,थोरै सिप, थोरै अनुभव र साधनहरुलाई सहकारीताको भावना मार्फत सङ्कलित पूँजीलाई ईमान्दार र कर्मठ ब्यवसायी एवं उधमीहरुलाई सदस्य द्धारा सदस्यकै लागि सदस्यकै सक्रियतामा सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गरी सदस्यको आर्थिक स्तर माथि उकास्ने यस संस्थाको मुलभूत उद्धेश्य रहेको जानकारी गराँउदछौं ।

 

ब्यवस्थापन (Management)

शेयर सदस्य महानुभावहरुको सन्तुष्टि नै यस संस्थाको सन्तुष्टि एवं सफलता हो भन्ने मुल नारालाई अघि सार्दै दैनिक कारोवार संचालन गर्न तथा संचालक समितिले तोकेको निति तथा कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यन्वयन गर्न संचालक समितिबाट कार्यकारी पदाधिकारी तथा दक्ष एवं अनुभवी कर्मचारीहरुको नियूक्ती गरि छिटो, छरितो तथा सरल ढंगले वित्तीय सेवाहरु प्रवाह गर्नका लागि तथा दैनिक रुपमा हुने कारोबारलाई व्यवस्थित ढंगले लेखाङ्कन गर्न संस्थालाई पूर्ण रुपमा कम्प्युटराइज गरिएको छ । यसको साथै सदस्यसंगको बित्तीय कारोबारलाई विश्वसनीय तथा ब्यवस्थि तगर्नको लागी बैकिङ्ग सफ्टवेयर जडान गरिएको छ ।

 

शेयर पूँजी (Share Capital)

यस संस्थाको अधिकृत शेयर पूँजी १०,००,००,०००।–(दश करोड) कायम गरिएको छ । उक्त रकमलाई शेयर संकलन तथा थप शेयर लगानी कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०७९÷०८० सम्ममा चुक्ता पँुजीमा परिणत गर्ने नीति रहेको छ ।

 

विप्रेषण सेवा (Remittance Service)

शेयर सदस्यको सुबिधालाई ध्यानमा राखी विप्रेषण सेवाको सुविधा उपलब्ध गराउने उद्धेश्यले संसारकामे जुनसुकै ठाँउबाट पठाएको रकम तुरुन्तै भुक्तानी लिन सकिने भरपर्दो माध्यमहरु आई.एम.ई मनि ट्रान्सफर (IME Money Transfer), प्रभु मनि ट्रान्सफर(Prabhu Money Transfer),वेस्टर्न यूनियन मनि ट्रान्सफर (Western Union Money Transfer),जे.एम.ई रेमिट (JME Remit),जि.एम.ई रेमिट (GME Remit),ईजिलिंक मनि ट्रान्सफर (Easylink Money Transfer) र हिमाल रेमिट (Himal Remit) को सेवा संस्था मार्फत उपलब्ध गराईएको छ ।

 

कर्जा तथा सापट योजना (Loans and Advances)

१. छोटो अवधी कर्जा (Short Term Loan)
२. आवधिक कर्जा (Term Loan)
३. ब्यापारिक कर्जा (Trading Loan)
४. घर कर्जा (Home Loan)
५. सामुहिक जमानी कर्जा (Group guarantee Loan)
६. रियल स्टेट कर्जा (Real State Loan)
७. मुद्धती रसिद धितो कर्जा (Fixed deposit against Loan)